
पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भूभागमा मौसम सफा रहने छ ।
आज दिउँसो र राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भूभागका केही ठाउँमा हल्का हिमपात हुनेछ । त्यस्तै, भोलि आइतबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी प्रदेशको पहाडी भूभागमा मौसम बदली भई एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
सोहीअनुसार फागुन १५ गते सोमबार दिउँसो पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशको थोरै पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी भूभागमा हल्का हिमपात हुने विभागको भनाइ छ ।