१२ साउन २०८३, मंगलबार

दाउपेचलाई राजनीति ठान्ने प्रवृत्तिले देशलाई थप अस्थिरतातर्फ लैजाने देखियो : गोकर्ण विष्ट

फागुन १३, २०७९
दाउपेचलाई राजनीति ठान्ने प्रवृत्तिले देशलाई थप अस्थिरतातर्फ लैजाने देखियो : गोकर्ण विष्ट
फाइल फोटो

नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री गोकर्ण विष्टले दाउपेचलाई राजनीति ठान्ने प्रवृत्तिले देशलाई थप अस्थिरतातर्फ लैजाने देखिएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग गरेको सहमति तोडेर राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेपछि विष्टको यस्तो प्रतिक्रिया आएको हो ।

सचिव विष्टले एमालेले सबैखाले षड्यन्त्रको सामना गर्ने बताए ।

विष्टले भने, ‘सहमतिलाई लत्याएर दाउपेचलाई राजनीति ठान्ने प्रवृत्तिले देशलाई थप अस्थिरता र संकटतर्फ लैजाने जोखिम देखापरेको छ । यस्तो अवस्थामा हाम्रो पार्टी नेकपा एमाले सबैखाले षड्यन्त्रहरूको सामना गर्दै आफ्नै सामर्थ्यमा उभिएर अविचलित रूपमा राष्ट्र र जनताको पक्षमा नेतृत्वदायी भूमिका खेल्नेछ ।’

salt training

कमेन्ट गर्नुहोस्