०६ असार २०८३, शनिबार

सिंहेडाँडामा खानेपानी पुगेपछि स्थानीय खुशी

फागुन १३, २०७९
सिंहेडाँडामा खानेपानी पुगेपछि स्थानीय खुशी

वर्षाैंदेखि खानेपानीको समस्या झेल्दै आएका पर्साको ठोरी गाउँपालिका–१ सिंहेडाँडामा खानेपानी पुगेपछि स्थानीय खुशी भएका छन् ।

ठोरी गाउँपालिकाले कूल ७ लाख रुपैयाँको लागतमा इनार निर्माण गरी ट््यांकीमा पानी झारेपछि सिंहेडाँडा, तीनघरे होमस्टे र वरपीपल टोलका स्थानीय खानेपानीको समस्याबाट मुक्त भएका हुन् ।

गाउँपालिकाले इनारमा पानी तान्ने मोटर लगाई ट्यांकीमा पानी झारेपछि त्यस गाँउका स्थानीयले पानीलाई भोग्नुपरेको समस्याबाट छुटकारा पाएको बताएका छन् । 

‘हामी लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थियौं,’ स्थानीय दिलबहादुर कुँवरले भने, ‘खानेपानीको ट्यांकीमा पानी आएपछि सधैंलाई समस्या समाधान भएको छ ।’

खानेपानी अभावका कारण बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको उनको भनाइ थियो । कुँवरले भने, ‘पहिला यहाँ १८ घरपरिवारको बसोबास थियो तर खानेपानीकै अभावले केही वर्षअघि ९ घर परिवार त्यहाँबाट विस्थापित भयो । खानेपानी नपाएर हामी पनि यहाँबाट विस्थापित हुने अवस्थामा पुगेका थियौं तर अब पानी खान नपाएर मरिन्छ की भन्ने त्रासबाट मुक्ति मिलेको छ ।’

‘घर अगाडिको पानी ट्यांकीमा पूजा गरे, धारामा पानी झरेपछि टुटी खोलेर गाग्रीमा पानी थापेपछि असाध्यै खुशीको अनुभूति भएको छ,’ खानेपानीका लागि लामो समयसम्म संघर्ष गरेका कुँवरले भने, ‘अहिले जीवन नै फेरिएको जस्तो महसूस भइरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्