१० साउन २०८३, आइतबार

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय

फागुन १३, २०७९
राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय

जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।

शुक्रवार राति पार्टी कार्यालयमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

शुक्रवार नै ८ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै जसपाको बैठकले औपचारिक निर्णय गरेको हो । उपराष्ट्रपति जसपाले पाउने गठबन्धन दलहरूबीच सैद्धान्तिक सहमति भए पनि पार्टी बैठकमा उपराष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल नभएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्