
नेकपा एमालेले केन्द्रीय सदस्य एवं व्यापारी दुर्गा प्रसाईंलाई पार्टीबाट निष्कासन गरेको छ ।
प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहसँग मिलेर विभिन्न अभियानको घोषणा गरेपछि एमालेले उनलाई पार्टीबाट निष्कासन गरेको हो ।
मेडिकल व्यवसायी समेत रहेका प्रसाईं कहिले माओवादी त कहिले एमाले निकटका रूपमा परिचित देखिन्थे ।
कुनै समय केपी शर्मा ओली र प्रचण्डलाई आफ्नै निवासमा मार्सी चामलको भात ख्वाएपछि उनी निक्कै चर्चित बन्न पुगेका थिए ।