
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सबैभन्दा पहिला नेकपा एमालेले आफ्नो उम्मेदवारी दर्ता गराएको छ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा आज एमालेका नेताहरू उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी दर्ता गराएका हुन्।
नेम्वाङको प्रस्तावकमा रघुवीर महासेठ र टोपबहादुर रायमाझी, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र छविलाल विश्वकर्मा छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन्।
शनिबार पौने १ बजे नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्। आज दिउँसो ३ बजेसम्म राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।