२७ असार २०८३, शनिबार

रामचन्द्र पौडेलले रविलाई भेटेर मागे मत

फागुन १३, २०७९
रामचन्द्र पौडेलले रविलाई भेटेर मागे मत

कांग्रेसका तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहेका नेता रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

रविलाई भेट्न पौडेल उनको निवासमै पुगेका थिए । पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णयपछि पौडेलले आफूलाई मत दिन रविसँग आग्रह गरेको पौडेलनिकट स्रोतले जानकारी दियो ।

भेटमा रविले राष्ट्रपतिको उम्मेदवार बनेकोमा पौडेललाई बधाई दिँदै जीतको शुभकामना दिएका थिए ।

रास्वपाले राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन । रविले छिट्टै कुनै निर्णयमा पुग्ने बताएका छन् ।

पौडेललाई प्रमुख सत्तारुढ नेकपा (माओवादी केन्द्र)सहित ८ दलको समर्थन प्राप्त भइसकेको छ ।

आज उम्मेदवारी मनोनयन गरेर राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्