०३ साउन २०८३, आइतबार

नेकपा एसलाई एमालेको पहिलो पत्र, राष्ट्रपतिमा मत दिन आग्रह

फागुन १३, २०७९
नेकपा एसलाई एमालेको पहिलो पत्र, राष्ट्रपतिमा मत दिन आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा निर्वाचनमा सहयोग गर्न नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएका छन्। 

नेकपा एमालेबाट आज सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएपछि एमालेले नेकपा एसको सहयोग मागेको हो। 

ओलीले माधव कुमार नेपाललाई पठाएको पत्रमा पुस १० को सहमतिलाई पनि आधार बनाएको छ।

ओलीले माधव नेपाल ने‍तृत्वको नेकपा एसलाई पार्टीको मान्यता दिन हिचकिचाउने गर्छन्। तर आज उनले उक्त पत्रमा पार्टीको नाम नै उल्लेख गरी अध्यक्ष नेपाललाई पार्टीगत रूपमा पहिलो पहिलो पत्र पठाएका हुन्। 

null

salt training

कमेन्ट गर्नुहोस्