२४ जेठ २०८३, आइतबार

जसपाका नेता भन्छन्- अब हामी सरकारमा जान्छौँ

फागुन १३, २०७९
जसपाका नेता भन्छन्- अब हामी सरकारमा जान्छौँ
फाइल तस्वीर

जनता समाजवादी पार्टी नेपालका नेता प्रकाश अधिकारीले राष्ट्रपतिको निर्वाचनपछि जसपा सरकारमा जाने बताएका छन्। 

शुक्रवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अधिकतम दलको सहमति भएका कारण सरकारमा आफूहरू जान लागेको बताए।

'उपराष्ट्रपति बारेमा निर्णय हुन सकेको छैन । राष्ट्रपतिको निर्वाचन के– के छ सबै भएपछि स्वाभाविक हो पार्टी त सरकारमा जान्छ नै,’ उनले भने। 

जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवारको रुपमा उत्तम र सर्वश्रेष्ठ रहेका टिप्पणी गरे। उनले पौडेलले संविधान र पदको दुरुपयोग नगर्ने बताए। पौडेलले राष्ट्रपति पदको मर्यादा र गरिमालाई बढाउने नेता यादवको भनाइ छ ।

उनले आफूहरूले उपराष्ट्रपतिको उम्मेदवार निष्कलंकित र सबैलाई स्वीकार्य हुनेगरी दिने पनि बताए। 

salt training

कमेन्ट गर्नुहोस्