१० साउन २०८३, आइतबार

अब ८ दलीय गठबन्धन लामो समयसम्म जारी रहन्छ- विमलेन्द्र निधि

फागुन १३, २०७९
अब ८ दलीय गठबन्धन लामो समयसम्म जारी रहन्छ- विमलेन्द्र निधि
फाइल तस्वीर

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले काँग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेको बताएका छन्। 

शनिवार काठमाडौंमा स्व महेन्द्र नारायण निधिको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन अवस्थामा कांग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसके पनि कांग्रेसले कोर्स करेक्शन गरेर अघि बढेको बताए। 

उनले अब बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जारी रहने बताए। 

उनले भने, ‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौँ । तर निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौँ । तर अहिले पुनः नेपाली काँग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेका छौँ । यो गठबन्धन अब पुनः देशलाई अघि बढाउन अघि लाग्नेछ । आज बिहान कांग्रेसले निर्णय गरेर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । साथै उम्मेदवारी दर्ता पनि भइसकेको छ ।
अब यो गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभइ लामो समयसम्म अघि बढ्नेछ ।’

नेता निधिले अबको गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभई लामो समयसम्म जारी रहने दाबी गरे। 

salt training

कमेन्ट गर्नुहोस्