२२ असार २०८३, सोमबार

रूसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि ईयूको नयाँ प्रतिबन्ध

फागुन १३, २०७९
रूसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि ईयूको नयाँ प्रतिबन्ध

युरोपेली सङ्घ (ईयू) ले शनिबार रुसमाथि नयाँ प्रतिबन्ध लगाउने सहमति गरेको छ ।

ईयू अन्तर्गतको स्वीडेनी प्रशासनले भनेको छ, “यो प्रतिबन्ध सैन्य र राजनीतिक निर्णयकर्ता, रुसी सैन्य उद्योगमा समर्थन गर्ने वा काम गर्ने कम्पनी र वाग्नर समूहका कमान्डरहरूलाई लक्षित गरिएको छ । रूसका केही ठूला बैंकहरूसँगको कारोबार पनि प्रतिबन्धित छ ।''

सैन्य ड्रोन निर्माण गर्ने थप तीन वटा रूसी बैंक र सातवटा इरानी ‘संस्था’ अर्थात् कम्पनी, एजेन्सी, राजनीतिक दल वा अन्य संस्थालाई सम्पत्ति रोक्का गरिएको समाचारमा जनाइएको छ ।

ईयूको कार्यकारी शाखाले तीन हप्ता अघि प्रस्ताव गरेको नयाँ उपायहरू धेरै आन्तरिक कलह पछि युक्रेनमा रूसको आक्रमणको एक बर्ष पुगेको एक दिन पछि सार्वजनिक गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्