२२ जेठ २०८३, शुक्रबार

चुरेकाछमा जंगली हात्तीको त्रास

फागुन १४, २०७९
चुरेकाछमा जंगली हात्तीको त्रास
प्रतिकात्मक तस्वीर

महोत्तरी, धनुषा र सिन्धुलीको साँध चुरे पहाड वारिपारि जंगली हात्तीको त्रास बढेको छ ।

वारिका महोत्तरी जिल्लाको बर्दिबास, धनुषाको मिथिला र पारिका सिन्धुली जिल्लाका कमलामाई र दुधौली नगरपालिका क्षेत्रका चुरेकाछका बस्तीमा जंगली हात्तीको त्रास छाएको हो ।

शनिवार बिहान झिसमिसेमा सिन्धुलीतर्फको रानीबास बस्तीमा जंगली हात्तीको आक्रमणमा १ जनाको मृत्यु भएपछि चुरेकाछका बस्तीमा त्रास छाएको छ । चुरेपारिको जोडिएकै बस्तीमा हात्तीको उपद्रो बढेपछि महोत्तरीका पर्साहीधाप, रजबास, कालापानी, धनुषाका तुलसी, विसम्भर, बाहुनमारा र लोहटा सहितका बस्तीमा सर्वसाधारण कामविशेषले हिँडडुल गर्न पनि छाडेका छन् ।

‘ऊ त्यहीँ पारि मान्छे मार्‍यो, कसरी सुत्न सकिन्छ ?’ बर्दिबास–३ रजबासका सामाजिक कार्यकर्ता रामबहादुर थापाले भने, ‘जंगली हात्तीको त्रासले मान्छे घरबाट निस्कन छाडेका छन् ।’

हात्तीको आक्रमणमा मान्छे मरेपछि शनिवार दिनभरि बर्दिबास–कटारी रुटमा कुनै सवारी साधन चलेनन् ।

बर्सेनि चुरेकाछका बस्तीमा जङ्गली हात्तीको उपद्रव हुँदै आएको छ । खेतबारीको बालीनाली माडेर नोक्सान गर्ने, पराल राखेका माच लडाउने, केराका थाम उखेल्ने र काठेघर लडाउनेसम्मका हात्तीको उपद्रव खेप्दै आइएको काछवासी बताउँछन् । कहिले एउटै र धेरैजसो तीनवटाको सङ्ख्यामा पछिल्लो एक दशकयता बर्सेनिजसो जङ्गली हात्तीको उपद्रो चुरे क्षेत्रमा हुँदै आएको छ । यसपालि पछिल्लो ३–४ दिनयता एउटै हात्ती बस्ती पस्ने गरेको सर्वसाधारणले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्