
क्रिकेटर सन्दीप लामिछाने धरौटी तारेखमा रहने वा नरहने, विदेश जान पाउने वा नपाउने भन्ने विषयमा बन्द इजलासमा सुनुवाइ शुरू भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त बन्द इजलासमा सुनुवाइ शुरू भएको हो ।
यसअघि लामिछानेले विदेशमा आयोजना भइरहेको क्रिकेट प्रतियोगितामा सहभागी हुन पाऊँ भन्दै निवेदन दिएकोमा गत शुक्रवार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अग्राधिकार दिएर आजका लागि संयुक्त इजलासमा पेशी तोकिएको हो ।
उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध सरकारले सर्वोच्च अदालतमा गरेको पुनरावेदनको निवेदन तथा लामिछानेले यूएई जान पाऊँ भन्दै दिएको निवेदन समेत साथै राखी आज सुनुवाइ हुँदैछ।
लामिछाने नेपाली क्रिकेट टीमका पूर्व कप्तान तथा हाल सदस्य हुन् । उनीमाथि नाबालिग बलात्कारको अभियोग लागेको छ ।
उक्त मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।