२१ जेठ २०८३, बिहीबार

लगातार ४ वटा फिल्म फ्लप भएपछि अक्षयकुमारले भने- सबै मेरै गल्ती हो

फागुन १४, २०७९
लगातार ४ वटा फिल्म फ्लप भएपछि अक्षयकुमारले भने- सबै मेरै गल्ती हो

बलिउड अभिनेता अक्षय कुमारका फिल्महरु बक्स अफिसमा लगातार फ्लप भइरहेका छन् ।

हालै उनलाई एक अन्तर्वार्तामा लगातार ४ फिल्म फ्लपबारे सोधिएको थियो । जवाफमा उनले यस्तो पहिलो पटक नभएको बताए । उनको करियरमा एक समय यस्तो थियो जब उनका लगातार १६ फिल्म फ्लप भए । त्यसपछि फेरि एकपटक उनका लगातार आठ फिल्म फ्लप भएका थिए ।

अक्षय कुमारले भनेका छन्, ‘मेरा धेरै फिल्महरू बक्स अफिसमा चल्न सकेनन् । यसमा मेरोबाहेक कसैको दोष छैन । दर्शक बदलिँदै गएकाले अब मानिसहरू फिल्ममा अर्कै कुरा हेर्न चाहन्छन् । यसका लागि हामीले पनि परिवर्तन गर्नुपर्छ, जसको लागि म सक्दो प्रयास गरिरहेको छु ।'

अक्षय कुमारले थप भने, ‘जब तपाईंका फिल्महरू लगातार फ्लप हुन्छन्, 'यो तपाईंको लागि परिवर्तनको घण्टी हो। म जे गर्न सक्छु, गर्ने प्रयास गर्छु। यसको लागि हामीले दर्शक वा अरू कसैलाई दोष दिनु हुँदैन। यो सय प्रतिशत मेरो गल्ती हो।'

लगातार १६ फिल्म फ्लप हुँदा त्यतिबेला आफूले क्यानडा जाने सोच बनाएको पनि उनले अन्तर्वार्तामा बताएका छन्। त्यहाँको नागरिकताका लागि आवेदनसमेत दिएको उनले बताए। 

salt training

कमेन्ट गर्नुहोस्