१९ असार २०८३, शुक्रबार
नाबालिग बलात्कारको अभियोग

सन्दीपको मुद्दामा आज सुनुवाइ सकिएन, भोलि मात्रै टुंगो लाग्ने

फागुन १४, २०७९
सन्दीपको मुद्दामा आज सुनुवाइ सकिएन, भोलि मात्रै टुंगो लाग्ने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि पनि सुनुवाइ हुने भएको छ ।

आइतवार भएको सुनुवाइमा प्रतिवादी लामिछानेका तर्फबाट केही कानून व्यवसायीको बहस बाँकी नै रहेकाले आज उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

लामिछाने कारागारमा धरौटी तारेखमा रहने वा नरहने, विदेश जान पाउने वा नपाउने भन्ने विषयमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा तोकिएको पेशीका क्रममा आज सरकारी पक्षबाट तथा लामिछानेका तर्फबाट केही कानून व्यवसायीले बहस गरेका थिए ।

यसअघि लामिछानेले विदेशमा आयोजना भइरहेको क्रिकेट लीगमा सहभागी हुन पाऊँ भन्दै निवेदन दिएकोमा गत शुक्रवार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अग्राधिकार दिएर आजका लागि संयुक्त इजलासमा पेशी तोक्न आदेश गरेको थियो ।

उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्नेगरी दिएको आदेशविरुद्ध सरकारले सर्वोच्च अदालतमा गरेको पुनरावेदनको निवेदन तथा लामिछानेले यूएई जान पाऊँ भन्दै दिएको निवेदन समेत साथै राखी आज सुनुवाइ भएको हो ।

लामिछाने नेपाली क्रिकेट टीमका पूर्व कप्तान तथा हाल सदस्य हुन्। उनीमाथि नाबालिग बलात्कारको अभियोग लागेको छ । उक्त मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

salt training

कमेन्ट गर्नुहोस्