
मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण १ घण्टादेखि प्रभावित भएको छ ।
हावाहुरीसहित वर्षा भएकाले बिग्रिएको मौसमका कारण कतार एयरलाइन्स एक घण्टादेखि आकासमा घुमेको घुम्यै छ ।
कतार एयरलाइन्सले होल्ड गर्छु भनेका कारण आकाशमै घुमेर बसेको र मौसममा सुधार हुँदै गएकाले अवतरणको तयारी भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसरका अनुसार ३५ मिनेट अगाडि भारतबाट आएको विस्तारा र इण्डिगो एयर भने लखनउ भाइभर्ट भएका छन् ।
ती एयरलाइन्स पनि मौसममा सुधार आएसँगै आउने तयारी रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।