
संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा जान लागेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेका छन् ।
जेनेभा प्रस्थानका लागि विमानस्थल जान लागेकी परराष्ट्रमन्त्रीलाई प्रचण्डले रोकेका हुन् ।
मन्त्री पौड्यालले जेनेभा जाने कार्यक्रम रद्द भएको लोकान्तरलाई बताइन् । आइतवार साँझ ६ बजे उनी जेनेभाका लागि उड्ने कार्यक्रम थियो ।
दिउँसो पत्रकार सम्मेलन गरेर मन्त्री पौड्यालले भ्रमणबारे जानकारी गराएकी थिइन् ।
‘प्रधानमन्त्रीज्यूले मन्त्रीलाई नपठाउने भनेर मन्त्रालयका अधिकारीलाई भन्नुभएछ, अब मन्त्रालयका साथीहरू जानुहुन्छ । म जाँदिनँ’, मन्त्री पौड्यालले लोकान्तरसँग भनिन् ।
राष्ट्रिय सभाकी सदस्यसमेत रहेकी पौड्याल एमालेबाट परराष्ट्रमन्त्री बनेकी हुन् ।
राष्ट्रपतिमा कांग्रेसलाइ समर्थन गर्ने माओवादीको निर्णयपछि सत्ता साझेदारदलबीच असमझदारी बढेको छ ।
मन्त्रीलाई विदश भ्रमणमा रोक लगाएपछि विवाद झन सहतमा आएको छ ।