०२ साउन २०८३, शनिबार

वर्षा र चट्याङ परेपछि केपी ओली कप फुटबल स्थगित

फागुन १४, २०७९
वर्षा र चट्याङ परेपछि केपी ओली कप फुटबल स्थगित

राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता विभागीय टोली त्रिभुवन आर्मी क्लब र सातादोबाटो युथ क्लवबीचको खेल भारी वर्षा र चट्याङका कारण स्थगित भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आइतबार भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेल ५३ औं मिनेटसम्म चलिरहँदा भारी वर्षा र गड्याङगुडुङ भएपछि आयोजकले दोस्रो हाफको खेल स्थगित गरेको हो ।

दोस्रो हाफको खेल सोमबार बिहान ११ बजेलाई तय गरिएको छ । सोमबारकै लागि दोस्रो सेमिफाइनल पनि तय गरिएको छ । दोस्रो सेमिफाइनल खेल भने दिनको ३ बजे हुनेछ ।

खेल मच्छिन्द्र फुटबल क्लब र आयोजक केपी ओली फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्