१३ असार २०८३, शनिबार

झुक्किएको भन्दै बेला–बेलामा उत्तर कोरियाले किन सार्वजनिक गर्छ यस्तो फोटो

कात्तिक २०, २०७४
झुक्किएको भन्दै बेला–बेलामा उत्तर कोरियाले किन सार्वजनिक गर्छ यस्तो फोटो
उत्तर कोरियाले गल्तीले आफ्नो दुई मिसाइलको जानकारी सार्वजनिक गरेको छ जसलाई उसले अहिलेसम्म परीक्षण गरेको छैन ।



देशका सर्वोच्च नेता किम जोन उनले एक फ्याक्ट्री निरीक्षण गरेका थिए । यसको प्रेस कवरेजका बीच यो जानकारी सार्वजनिक भएको हो ।

सरकारी एजेन्सी केसीएनएले जारी गरेको तस्वीरमा पर्खालमा लगाईएको चार्टमा दुई मिसाइल जसको नाम श्वासोंग १३ र पुकगुक्साँग ३ बताइएको छ जसको तस्वीर देखिएको छ र यसबारे आम रुपमा जानकारी अगाडि आएको छ ।

ह्वासोंग १३ एक तीन चरण र ठोस रकेट इन्धन वाला एक इन्टर कन्टिनेन्टल बेलास्टिक मिसाइल भएको बताइएको छ । जबकी चार्टमा पुकगुक्साँग ३ पानडुबीबाट लञ्च गर्न मिल्ने एक बेलास्टिक मिसाइल भएको बताइएको छ ।

यो पहिलोपटक भएको होइन जब उत्तर कोरियाले गल्तीले तस्वीरको पृष्ठभूमीमा जरुरी जानकारी सार्वजनिक गरेको होस् । यो गलतीमा पनि शंका व्यक्त गरिएको छ । कर्यौ जानकारी उसले आफ्नो सैन्य तागत देखाउन आफ्ना शत्रुलाई शन्देश दिन तरिकाको रुपमा लिइने गरिएको छ ।

दक्षिण कोरियाका जूगआग इल्बो पत्रिकासँग कुरा गर्दै दक्षिण कोरियाका रक्षा तथा सुरक्षा फोरमका शिन जोग बू का अनुसार उत्तरले आफ्नो वास्तविक हतियार या त्यसको ग्राप्स डिजाइन जानी जानी सार्वजनिक गर्ने गरेको छ ।

यस अघि पनि कोरियाले अमेरिकी द्वीप गुआमको वायुसेना अड्डाको दिशामा बेलास्टिक मिसाइल टेस्ट गर्ने योजना बनाएको किम जोन उनको तस्वीर बाहिर आएको थियो । जसको भित्तामा पनि एक चार्ट राखिएको थियो जुन वायुसेनाको अड्डाको तस्वीर थियो ।

यसको यो अर्थ निकालियो कि उत्तर कोरिया अमेरिकी द्वीपमाथि आँखा लगाएर बसेको छ ।

तर सियोलबाट प्रकाशित हुने पत्रिकाकाका अनुसार यो सरासर गलत हो । यो तस्वीरु सवैलाई धोका दिने खालको छ । किनकी उत्तरसँग सेटालाइटबाट तस्वीर खिच्नसक्ने कुनै उपकरण छैन र त्यो गुगलको माध्यमबाट निकालिएको फोटो हो । जो हर कोहीले पनि निकाल्न सक्छ ।

गल्तीका कारण वा जानबुझसँग उत्तरु कोरिया जब जब आफ्नो सैन्य तागतको झलक दिखाउछ त्यति खेर अन्य धेरै कुरा लुकाउँछ पनि ।

यस सालको वायुसेना उडान प्रतियोगितामा उत्तर कोरियाको एमआईजी २९ लडाकु विमानले स्थान पाएनन् । यस प्रतियोगितामा किम जोन उनको उपस्थितिका कारण अन्तराष्ट्रिय समुदायको विशेष चासो रहँदै आउने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्