
ताम्रकार समाजले सम्पदा स्थलको सरसफाई अभियान शुरु गरेको छ । सातामा एक दिन सरसफाई कार्यक्रम अभियान शुरु भएको सो संस्थाले जनाएको छ ।
ताम्रकार समाजले महिनामा एक दिन उपत्यकाका विभिन्न सम्पदाहरु तथा धार्मिकस्थलहरुको सरसफाई कार्यक्रम पनि गर्दैआएको छ । यसबीचमा पाटनको मच्छिन्द«बहाल परिसर, मीननाथ बहाल परिसर, महालक्ष्मीस्थान परिसर, लगनखेलस्थित बटुक भैरवनाथस्थल तथा अशोक स्तुपा परिसरको सरसफाई सम्पन्न भएको संस्थाले जनाएको छ ।
युवा पीढिलाई सन्देश दिन तथा समाजको दायित्व बढाउने गरी अभियान सञ्चालन गरिएको ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारले बताए । ताम्रकार समाज आफ्नो समुदायमा मात्रै सीमित नरहेको र सम्पदा स्थलहरुको महत्व एवं आवश्यकताको बोध गराउन कार्यक्रम गरिएको उनको भनाइ छ ।
समाजले शुरु गरेको अभियानमा युवा तथा अनय सर्वसाधारणको उत्साहप्रद रुपमा सहभागिता रहने गरेको समाजका महासचिव दिपेश ताम्रकारले बताए । पहिलो चरणमा एक वर्षसम्म अभियानलाई निरन्तरता दिने उनले बताए ।
समाजका निवर्तमान अध्यक्ष रविन्द«राज ताम्रकारले समाजबाट कला, संस्कृति, सम्पदा, भाषाको संरक्षण सम्वर्धनमा विगत लामो समयदेखि काम हुँदैआएको बताए । यसप्रकारको कामलाई निरन्तरता दिनुपर्ने सुझाव दिए । आगामी समयमा उपत्यकाका विभिन्न सम्पदाहरुमा समेत कार्यक्रम सञ्चालन गर्ने समाजले जनाएको छ ।