२१ जेठ २०८३, बिहीबार

हेलिकप्टर चढ्ने नीति छैनः मन्त्री किराती

फागुन १५, २०७९
हेलिकप्टर चढ्ने नीति छैनः मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफूले कार्यकालभरी राष्ट्रिय विपत्ति र अति आवश्यक कामबाहेक आफ्नो कार्यकालमा हेलीकप्टर नचढ्ने नीति लिएको बताएका छन् । 
‘देशको बिभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागि जनताले आफै हेलिकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म  हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा  गाएका छैनौं’, उनले भनेका छन्, ‘त्यसका लागि तपाईहरुसँग क्षमा चाहान्छु ।’

उनले ऋणमा  हेलिकप्टर चार्टर नगर्न पनि अनुरोध गरेका छन् । ‘आखिरी कोही मन्त्री तपाईको गाउँमा आउँदैमा तपाईको खोला खोल्सीहरुमा दुध बग्दैन माटोमा सुन फल्दैन । घाँटी हेरेर हाड निलौ सामाजिक देखासिखि र विलासिता अन्त्य गरौँ’, उनले भनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्