३१ जेठ २०८३, आइतबार

राष्ट्रपति निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै

फागुन १५, २०७९
राष्ट्रपति निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन प्रक्रियाअनुसार आज सोमबार उम्मेदवारको नामावली प्रकाशन गर्दैछ । यसअघि शनिबार सो पदमा उमेदवारी दर्ता भएको थियो । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।   

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहेका छन् । 

एउटा मतदान केन्द्रमा संघीय सांसदले मतदान गर्ने छन् भने अर्को मतदान केन्द्रमा प्रदेशसभाका सदस्यले मतदान गर्ने उनले बताए । फागुन २५ गते मतदान सकिएलगत्तै अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको अर्यालले बताए । संघीय संसदहरु ३३२ र प्रदेश सभाका सांसद ५५० गरी ८८२ जना मतदाताले मतदान गर्ने आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्