२७ असार २०८३, शनिबार

पपुवा न्युगिनीविरुद्ध डेब्यू गर्ने को हुन् प्रतिश जिशी ?

फागुन १५, २०७९
पपुवा न्युगिनीविरुद्ध डेब्यू गर्ने को हुन् प्रतिश जिशी ?

आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध नेपालका प्रतिश जिसीले डेब्यु गरेका छन् । पहिलोपटक नेपाली टोलीमा स्थान बनाएका जिसी लेफ्टआर्म मिडियम बलर हुन् । 

जिसीले १८ वर्ष २८१ दिनमा नेपाली क्रिकेटको राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । उनी प्युठानमा जन्मिएका हुन् । 

युएईमा भइरहेको खेलमा नेपालले टस जितेर पपुवा न्युगिनीविरुद्ध पहिले फिल्डिङ रोजेको छ । 

नेपाली टिममा गुल्सन झा र आरिफ शेखले पनि स्थान बनाएका छन् । 

नेपालले २८ खेलबाट २६ अंक जोडेको छ । शीर्ष तीनमा परेर एक दिवसीय विश्वकप छनोटमा खेल्न नेपालले बाँकी ८ मध्ये ५ भन्दा बढी खेलमा जित निकाल्नुपर्ने हुन्छ । यसैले सहभागी सात टिममध्ये पुछारमा रहेको पपुवा न्युगिनीविरुद्धको खेल नेपालको लागि निक्कै महत्वपूर्ण हुनेछ । उसँगका दुवै खेल जित्न सके नेपालको अंक ३० पुग्नेछ । 

पपुवा न्गुगिनीले भने २८ खेल खेल्दा जम्मा ५ अंक मात्रै जोड्न सकेको छ । 

यसै सिरिजमा मार्च २ मा नेपालले युएई, मार्च ९ मा पपुवा न्युगिनी र १२ मार्चमा फेरि युएईविरुद्ध खेल्नेछ । 
युएईले २८ खेलमा २९ अंक जोडेको छ । 

सहभागी ७ टिममध्ये युएई पाँचौं र नेपाल छैठौं स्थानमा छ । 

salt training

कमेन्ट गर्नुहोस्