२५ असार २०८३, बिहीबार

एमालेको निष्कर्ष– प्रचण्डले मुलुकको हित र स्थिरताविपरीत कार्य गरे

फागुन १५, २०७९
एमालेको निष्कर्ष– प्रचण्डले मुलुकको हित र स्थिरताविपरीत कार्य गरे

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकको हित र स्थिरताविपरीत कार्य गरेको आरोप लगाएको छ। 

आज पार्टी मुख्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकमा एमालेले समर्थन फिर्तासहित सरकारबाट बाहिरिएसँगै यस्तो निर्णय गरेको हो। 

वर्तमान सरकार गठन हुँदा सरकार सञ्चालनका लागि बनेको न्यनूतम् साझा कार्यक्रम कार्यान्वयन नगरी प्रचण्डले सहमति उल्लंघन गरेको एमालेको आरोप छ। 

बैठकपछि उपाध्यक्ष तथा पार्टीका तर्फबाट सरकारमा नेतृत्व गरेका विष्णु पौडेलले एमाले मन्त्रीलाई विनाविभागीय बनाउनेसम्म तयारी प्रधानमन्त्री प्रचण्डले गरेपछि सरकार छाड्नुपरेको बताएका थिए। 

पौडेलले भने, ‘परराष्ट्रमन्त्री विमला राईलाई अकारण निर्देशन गर्नुभयो र हामीलाई सरकार छाड्ने या वा विनाविभागिय मन्त्री बनाउने अभिव्यक्ति गरेपछि । एमाले र सहभागिताप्रति सार्वजनिक रुपमा टिप्पणी गरेपछि रहिरहन उचित हुन देखेनौँ ।’
 

salt training

कमेन्ट गर्नुहोस्