×

NMB BANK
NIC ASIA

मन्त्रालयमा नारायणकाजीको मनोमानीः एक महिना नपुग्दै यातायात व्यवस्था विभागमा ३ महानिर्देशक

मातहतका २० सहसचिवको आफुखुशी सरुवा

फागुन १५, २०७९

NTC
Premier Steels

यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको १८ दिनमै सरुवा भएको छ ।

Muktinath Bank

२०७९ माघ २५ गते सरुवा भएर गएका गौतमको सरुवा फागुन १४ गते भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ मन्त्री बनेपछि २६ दिनमै यातायात व्यवस्था विभागमा ३ जना महानिर्देशकको सरुवा भइसकेको छ । पुस ११ गते यातायात मन्त्री नियुक्त भएका श्रेष्ठले माघ २४ गते विभागका महानिर्देशक टोकराज पाण्डेयको सरुवा गरेका थिए । २०७९ भदौ २० गते महानिर्देशकको रूपमा सरुवा भएर विभाग पुगेका पाण्डेयको ५ महिना कार्यकाल मात्र पुगेको बेला मन्त्री श्रेष्ठले सरुवा गरेका थिए । 


Advertisment
Nabil box
Kumari

पाण्डेयको ठाउँमा २०७९ माघ २५ गते तुलसीनाथ गौतम महानिर्देशकको रूपमा सरुवा भएर आएका थिए तर मन्त्री श्रेष्ठले गौतमको १८ दिनमै सरुवा गरेका छन् । फागुन १४ गते उनको सरुवा भएको हो । गौतमको ठाउँमा नयाँ महानिर्देशक को जाने हो, त्यसको भन्ने टुंगो लागेको छैन ।

Vianet communication

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च तहका कर्मचारी सार्वजनिक जनसरोकारको अड्डामा १ महिना पनि नपुग्दै ३ जना महानिर्देशक फेरिनुले मन्त्री श्रेष्ठको स्वार्थ देखिएको बताउँछन् । ‘मालदार अड्डा हो । त्यहाँ अड्डा प्रमुखकै यति छिटोछिटो सरुवा हुनुमा मन्त्रीज्यूकै स्वार्थ हुनुपर्छ,’ ती कर्मचारीले लोकान्तरसँग भने । सार्वजनिक खपतका लागि मन्त्री श्रेष्ठले आफूलाई सुशासनको हिमायतीका रूपमा प्रस्तुत गर्ने गर्छन् ।

महानिर्देशकबाट फागुन १४ मा विदाई भएका तुलसीनाथ गौतम

तर मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपाल भने अहिले भएको सरुवाबारे आफू पनि जानकार नरहेको बताउँछन् । ‘सरुवा गर्ने नेतृत्वलाई नै थाहा हुनसक्छ । अहिलेको सरुवा हाम्रो मन्त्रालयले भन्दा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको हो कि जस्तो लाग्छ,’ नेपालले लोकान्तरसँग भने, ‘सार्वजनिक जनसरोकारको विषय हुने कार्यालयमा यति छिटोछिटो सरुवा नभए पनि हुन्थ्यो । त्यसले राम्रो सन्देश जाँदैन ।’

मन्त्री हुने बित्तिकै मातहतका २० सहसचिवको सरुवा

मन्त्री श्रेष्ठले गत फागुन २ गते मन्त्रिस्तरीय निर्णय गरेर विभिन्न विभागका २० जना सहसचिवहरूको सरुवा गरेका थिए ।
 
मन्त्री श्रेष्ठले सडक विभागका महानिर्देशक अर्जुनजंग थापालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तानेका थिए भने एडीबी आयोजना निर्देशनालयका निर्देशक सुशीलबाबु ढकाललाई सडक विभागको महानिर्देशकमा पठाएका थिए ।

भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत सहसचिव अजयकुमार मुललाई गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको निर्देशकमा सरुवा गरेका थिए । सोही मन्त्रालयका अर्का सहसचिव विनोदकुमार मौवारलाई जलमार्ग आयोजनाको आयोजना समन्वयकर्तामा, सहसचिव अर्जुनप्रसाद अर्याललाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयमा सरुवा गरिएको थियो ।

मन्त्रालयकै सहसचिव ज्ञानेन्द्रकुमार झालाई सडक सुधार तथा विकास आयोजना निर्देशनालयको निर्देशकमा, सहसचिव राजेन्द्रप्रसाद दासलाई सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको आयोजना निर्देशकमा काज सरुवा गरेका थिए ।

सहसचिव बेलबहादुर भुजेललाई मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयको निर्देशकमा काज सरुवा, अरुणकुमार कटुवाललाई यान्त्रिक तालिम केन्द्र पाटनढोकाको तालिम प्रमुखमा सरुवा गरिएको थियो ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाको उपमहानिर्देशको रूपमा कार्यरत रहेका सहसचिव रामहरी पोखरेललाई सडक विभागकै योजना तथा अनुगमन महाशाखाको उपमहानिर्देशकमा सरुवा गरिएको थियो ।

सडक विभागको पुल आयोजनाको उपमहानिर्देशक उमेशविन्दु श्रेष्ठलाई एडीबी आयोजना निर्देशनालयको आयोजना निर्देशकमा काज सरुवा गरिएको थियो ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सहसचिव डा. विजय जैसीलाई सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाको उपमहानिर्देशकमा सरुवा गरिएको थियो ।
 
मन्त्रालयकै अर्का सहसचिव प्रभातकुमार झालाई सडक विभागको सम्भार महाशाखाको उपमहानिर्देशकमा गरिएको थियो भने सम्भार महाशाखाका नरेशमान शाक्यलाई सडक विभागको पुल महाशाखाको उपमहानिर्देशकमा सरुवा गरिएको थियो ।

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नविनमान श्रेष्ठलाई नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको उपमहानिर्देशकमा काज सरुवा गरिएको थियो भने पूर्व कुमार राईलाई सडक तथा ट्राफिक सुरक्षा आयोजनाको आयोजना समन्वयकर्तामा काज सरुवा गरिएको थियो ।

सडक विभागको पुल आयोजना निर्देशक र सडक सुधार तथा विकास आयोजना निर्देशनालयको निर्देशकमा कार्यरत रहेका चुडाराज ढकाललाई हुलाकी राजमार्ग आयोजना निर्देशनालयको आयोजना निर्देशकमा काज सरुवा गरिएको थियो ।

सडक विभागको योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक भीमार्जुन अधिकारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा, हुलाकी राजमार्ग निर्देशनालयका कायममुकायम आयोजना निर्देशक धर्मेन्द्रकुमार झालाई मन्त्रालयमा सरुवा गरिएको थियो ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना निर्देशक रविन्द्रलाल दासलाई सडक विभागको पुलमा सरुवा गरिएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपाल बढुवा भएर आएका नयाँ ६÷७ जना सुईहरूको पदस्थापन गर्दा स्वाभाविक रूपमा अन्य कर्मचारीहरूको सरुवा भएको बताउँछन् । ‘किन सरुवा भयो, त्यो विषयमा सरुवाको नेतृत्व गर्ने व्यक्तिलाई नै सोध्नुपर्ला,’ उनले लोकान्तरसँग भने, ‘तर बढुवा भएकाको पदस्थापन गर्दा अन्य केही सहसचिवहरूको सरुवा भएको हो ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x