×

NIC ASIA

सरकारमा २ दल मात्र

प्रचण्ड सरकारमा २ दल मात्र बाँकी, ७ जनामा खुम्चियो मन्त्रिपरिषद्

फागुन १५, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेकपा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा दुई दल मात्र बाँकी रहेका छन् ।

माघ ३ गते बनेको २५ सदस्यीय मन्त्रिपरिषद् अब ७ जनामा सीमित भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुस ११ गते गठन भएको सरकारलाई प्रचण्डले माघ ३ गते पूर्णता दिएका थिए ।


Advertisment
Rupse Holidays
Nabil box

नागरिकता विवादमा सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरीदिएपछि गृह मन्त्रालय लामो समयदेखि खाली छ ।

Vianet communication

त्यसको केही दिनपछि माघ २३ गते रास्वपाका मन्त्रीहरूले राजीनामा दिएका थिए । पुस १० गते बालुवाटारमा भएको सहमतिविपरीत माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि फागुन १३ गते राप्रपाले सरकार छाडेको थियो ।

त्यसको दुई दिनपछि फागुन १५ मा सरकारमा सहभागी सबभन्दा ठूलो दल नेकपा एमाले बाहिरिएको हो। हाल मन्त्रिपरिषद् ७ सदस्यीय बन्न पुगेको छ । अब सरकारमा माओवादीका ६ र जनमत पार्टीका एक मन्त्री मात्र बाँकी छन् ।

माओवादीको तर्फबाट प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार मन्त्री रेखा शर्मा, संस्कृति पर्यटन मन्त्री सुदन किराती, सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली मन्त्री छन्। माओवादी बाहेक सरकारमा जनमत पार्टीका अब्दुल खान सहभागी छन् । 

एमाले सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद्को बैठक राख्न नै समस्या परेको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनमा नयाँ बनेको गठबन्धन दलसँग परामर्श गर्ने भएका छन् ।

एमाले सरकारबाट बाहिरिसकेकाले राष्ट्रपति चुनाव अगाडि नै कांग्रेस, जसपा र नेकपा एसलाई सरकारमा सहभागी गराउने तयारी शुरु भएको माओवादीका एक पदाधिकारीले लोकान्तरलाई जानकारी दिए । 

एमालेसहितको समर्थनमा पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका थिए । पुस ११ मा उनले एमाले र रास्वपालाई लिएर सरकार गठन गरेका थिए ।

पुस २६ गते प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x