०५ साउन २०८३, मंगलबार

कैलाली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

फागुन १६, २०७९
कैलाली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

कैलाली जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा धनगढी रंगशालामा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सभा सदस्य रमेश धामीले सोमबार उद्घाटन गरे । उद्घाटन समारोह कैलाली जिल्ला अध्यक्ष ललित खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।  

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १३ वटा पालिकाका एक हजारभन्दा बढी खेलाडीहरुले भाग लिनेछन् । प्रतियोगितामा भलिवल, कवड्डी, एथ्लेटिक्स, कराते, उसु र तेक्वान्दो खेल समावेश रहेका छन् । पहिलो दिन विभिन्न खेलहरुका लिग चरणका खेलहरु सम्पन्न भएका छन् । 

प्रतियोगिताका बिजेता उपविजेता पालिकालाई शिल्ड, ट्रफी र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले प्रदेश राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् । 

salt training

कमेन्ट गर्नुहोस्