१५ असार २०८३, सोमबार

प्रहरीलाई ३० दिने हेवी सवारीचालक तालिम

फागुन १६, २०७९
प्रहरीलाई ३० दिने हेवी सवारीचालक तालिम

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १३ औं समूहको हेभी सवारीचालक तालिम सोमबारदेखि शुरु भएको छ । ३० दिने उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १४ जना र प्रहरी जवान १५ जनागरी ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको प्रधान कार्यालयले जनाएको छ ।

सवारीसँग सम्बन्धित विभिन्न ऐन, नियम तथा कानुनको बारेमा जानकारी गराउनु, सेफ्टी र डिफेन्सीभ ड्राइभिङसम्बन्धी ज्ञान तथा प्राविधिक उपायबारे जानकारी दिनु, लेन अनुसाशन तथा ट्राफिक चिन्हका बारेमा जानकारी गराउनु, हेभी सवारी साधन चलाउन, सामान्य मर्मत सम्भार गर्न र आवश्यकताअनुसार निरीक्षण गर्न सक्ने बनाउनु तालिमको उद्देश्य रहेको प्रहरी कार्यालयले जनाएको छ । 

विभिन्न  परिस्थिति तथा मौसमअनुसार हेभी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा समेत प्रशिक्षार्थीलाई ज्ञान प्रदान गर्ने तालिमको उद्देश्य रहेको आयोजकको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्