२२ असार २०८३, सोमबार

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

फागुन १६, २०७९
मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

महोत्तरीको बलवा नगरपालिका –१० मा गएराति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय  प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए । 

बलवा –१० को धमौराबाट बनौटा जाँदै गरेको प्र२–०२–००२प ३३७२ नंको मोटरसाइकलले बाटो काट्दै गरेका  महतोलाई ठक्कर दिएको थियो । उपचारार्थ  बर्दिबासस्थित ट्रमा सेन्टरमा लगिएकामा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । मोटरसाइकल चालक २२ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्