
राजनीतिक अस्थिरताबीच शेयर बजार सम्हालिएको छ ।
साताको तेस्रो दिन मंगलवार शेयर बजारको मापक नेप्से परिसूचक ३.८१ अंकले घट्दा ३ लघुवित्तको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
बजार मंगलवार २०१९.७३ विन्दुमा पुगेको छ ।
मंगलवार आँधीखोला लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
बजार घटेको दिन सबैभन्दा बढी गुमाउनेमा भने प्रिमियर इन्स्योरेन्स छ । यो कम्पनीको शेयर मूल्य सबैभन्दा बढी (३.८५) प्रतिशतले घटेको छ ।
आज नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये २६२ वटाको ३९ लाख कित्ता शेयरको २८ हजार पटक कारोवार भएको छ । यसबाट कुल १ खर्ब ३८ करोड रुपैयाँको कारोवार भएको छ ।
बजार घटेको दिन सबैभन्दा बढी लघुवित्त उपसमूहले गुमाएको छ । यो समूहको सूचक ०.८० प्रतिशतिशतले घटेको छ भने लगानीसमूहका उपसूचक भने १.०३ प्रतिशतले बढेको छ ।