
डाबर नेपालले चाइल्ड हेल्थसँगसँग सम्झौता गरेको छ।
डाबरले ३० लाख रुपैयाँ काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अनुदानस्वरूप प्रदान गरेको हो।
चाइल्ड हेल्थ काठमाडौं बाल स्वास्थ्य संस्थान नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तारमा निरन्तर सेवामा छ।
नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्याउने उद्देश्यले डाबर नेपालले नेपालमा गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गराउन चाइल्ड हेल्थलाई सहयोग गरेको जनाएको छ।
उक्त रकम ईश्वरी राणा, अध्यक्ष तथा प्रबन्ध निर्देशक डाबर नेपाल, श्री एचएस बेदी विजनेस हेड–नेपाल र म्यानमारले २०२३ फेब्रुअरी २४ मा डाबर नेपाल, काठमाडौंको प्रांगणमा आयोजित एक समारोहमा चाइल्ड हेल्थ काठमाडौँ बाल स्वास्थ्य संस्थानका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई अनिल पुरी (हेड एचआर डाबर नेपाल, श्री मंदार शिखर ब्यानर्जी (एडमिन कन्सल्टेन्ट – चाइल्ड हेल्थ) को उपस्थितिमा हस्तान्तरण गरिएको हो।