०९ असार २०८३, मंगलबार

यसरी बनाउनुस् ब्रेड मालपुवा

कात्तिक २०, २०७४
यसरी बनाउनुस् ब्रेड मालपुवा

काठमाडौं— मालपुवा धेरै मानिसलाई मन पर्छ । चाडपर्वमा मालपुवा बनाउने चलन नै छ । पाउरोटीको मालपुवा चाहिँ चाख्नुभएको छ कहिल्यै ? यहाँ हामी सिकाउँछौं ।


सामग्री

४०० मिलिलिटर पानी
२०० ग्राम चिनी
आधी चम्चा अलैंची धूलो
दुई चिम्टी केसर
आधी चम्चा कागतीपानी
ब्रेडका स्लाइस

विधि
एक प्यानमा पानी, चिनी, अलैंची धूलो र केसर हालेर मजाले मिसाउनुस् र तताउनुस् ।

त्यसपछि त्यसमा कागतीपानी हाल्नुस् र उमाल्नुस् । अब एउटा ब्रेड स्लाइस लिनुस् र मुटुको आकारमा काट्नुस् ।
प्यानमा तेल तताएर ब्रेड स्लाइसलाई फ्राई गर्नुस् ।

अब अघि तयार गरेको मिश्रणमा ब्रेड स्लाइस चोप्नुस् ।

लौ, ब्रेड मालपुवा तयार भयो । अब पस्किनुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्