०९ साउन २०८३, शनिबार

मकाउको सीमापार सवारी आवागमन जनवरीमा उल्लेख्य वृद्धि

फागुन १६, २०७९
मकाउको सीमापार सवारी आवागमन जनवरीमा उल्लेख्य वृद्धि

मकाउको सीमापार सवारी साधनको आवतजावत जनवरीमा वार्षिक रूपमा ४५.० प्रतिशतले बढेको पाइएको छ ।  मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर)ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क  अनुसार ४३ लाख ११ वटा सीमापार यात्रा भएको  देखिएको छ ।  तथ्याङ्क तथा जनगणना सेवाको पछिल्लो प्रतिवेदनले जनवरीमा बन्दरगाह कन्टेनराइज्ड कार्गोको कुल वजन वर्षको तुलनामा २०.२ प्रतिशतले घटेर ११ हजार ५०१ टन भएको पनि उल्लेख गरेको छ । 

जनवरीमा आगमन र प्रस्थान गर्ने व्यावसायिक उडानहरूले कुल एक हजार यात्रा तय गरेको पाइएको छ जुन गत वर्षको तुलनामा १४.८ प्रतिशतले बढेको छ । 
यसैगरी जनवरीमा सवारी साधनको नयाँ दर्ता ३७.४ प्रतिशतले घटेर ७८४ पुगेको छ । जनवरीमा सवारी दुर्घटनाको सङ्ख्या  गत वर्षको तुलनामा २ दशमलव  ५ प्रतिशतले घटेर दुई जनाको ज्यान गएको र ३२७ जना घाइते भएको पनि प्रतिवेदनले  उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्