०४ साउन २०८३, सोमबार

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री न्यौपाने दोषी ठहर

फागुन १६, २०७९
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री न्यौपाने दोषी ठहर

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बद्री न्यौपाने दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले न्यौपानेलाई दोषी ठहर गरेको हो । 
उनीसहित कांग्रेस सांसद टेकबहादुर गुरुङलगायत ९ जना दोषी ठहर भएको विशेष अदालतका प्रवक्ता दिपेन्द्र नाथ योगीले बताए।

दोषी ठहर भएका न्यौपाने हाल प्रभु साह नेतृत्वको पार्टीमा सक्रिय छन् । यो मुद्दामा सजाय निर्धारण गर्न भने फागुन २५ गते पेशी तोकिएको छ।

कमेन्ट गर्नुहोस्