
चितवनको भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित पुलबाट नारायणी नदिमा हाम फालेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही जिल्लाको खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो उक्त नदीमा हाम फालेका थिए । सो बारे जनाकारी पाएलगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल इमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थलभन्दा करिव १ किलोमिटर तल नदीको बीचबाट जीवितै उद्धार गरेको हो । उद्धार पश्चात उनलाई उपचारको लागि स्थानीय अस्पताल भर्ना गरिएको छ ।