१२ साउन २०८३, मंगलबार

चन्द्र भण्डारीको दायाँ र बायाँ हातको केही भाग र औँलाको सर्जरी

फागुन १७, २०७९
चन्द्र भण्डारीको दायाँ र बायाँ हातको केही भाग र औँलाको सर्जरी

कांग्रेस नेता चन्द्र भण्डारीको दायाँ हात र बायाँ हातको केही भाग र औँलाको सर्जरी गरिएको छ । नेशनल बर्न सेन्टर मुम्बईमा मंगलबार भण्डारीको दायाँ हात र बायाँ हातको केही भाग र औँलाको सर्जरी गरिएको हो । 

उपचारमा संलग्न डा सुनिल केश्वानी र डा शिल्पा केश्वानीका अनुसार सर्जरी भएको कारण भण्डारीलाई पुनः आईविसियु (आईसियु) मा अव्जरभेसनका लागि राखिएको छ ।  

यद्यपि उनको भाइटल्स (शरीरको तापक्रम, धडकनको गति, स्वास–प्रश्वासको दर, रक्तचाप) सबै सामान्य अवस्थामा रहेका छन् । यसअघि उनको दुबै खुट्टामा पनि सर्जरी गरिएको थियो ।

आगलागीको घटनामा परी भण्डारी घाइते भएपछि मुम्बईमा उपचाररत भएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्