२७ असार २०८३, शनिबार

दस्तखत गर्नेको नमूना हस्ताक्षर बुझाउन सूचित

कात्तिक २०, २०७४
दस्तखत गर्नेको नमूना हस्ताक्षर बुझाउन सूचित

 


काठमाडौँ, ९ भदौ - निर्वाचन आयोगले असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सम्बन्धित दलको पदाधिकारीको दस्तखतको नमूना पेस गर्न आग्रह गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । आयोगले उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलको पदाधिकारीको नाम, थर र निजको दस्तखतको नमूना आयोगको केन्द्रीय कार्यालय कान्तिपथ काठमाडौँमा भदौ १३ गतेसम्म बुझाउन दलहरुलाई सूचितसमेत गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । 

दस्तखतको नमूना बुझाउँदा राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णय संलग्न गराउनुपर्ने आयोगले जनाएको छ । रासस 

salt training

कमेन्ट गर्नुहोस्