१३ असार २०८३, शनिबार

असिना पानीले डोटीमा कृषिबालीमा क्षति

फागुन १७, २०७९
असिना पानीले डोटीमा कृषिबालीमा क्षति

डोटीमा परेको असिनापानीले किसानको हिउँदे बालीनालीमा क्षति गरेको छ । पूर्वीचौकी गाउँपालिका –३ गैरागाउँमा परेको असिनापानीले बालीनालीमा क्षति गरेपछि किसानहरू चिन्तामा छन् । लामो समयदेखि खडेरी परेको र एकाएक परेको असिनाले गहुँबाली, तरकारी खेती र फलफूल खेतीमा क्षति पुगेकाले किसानहरू चिन्तित बनेको स्थानीयवासी वीरेन्द्र उपाध्यायले बताए ।

हिउँदमा पानी नपरेर कृषिबालीमा समसय भइरहेका बेला हिउँदे पानीले किसानलाई राहत पुगेको भए पनि असिनाले बाली चुटेपछि किसानलाई समस्या पारेको छ । असिनाले बालीनाली नास गरेपछि उत्पादन घटेर भोकमरी हुने चिन्ता भएको स्थानीय लोकेन्द्र कठायतले बताए । उनका अनुसार कात्तिक २२ गतेको भूकम्पले थलिएको यो क्षेत्रका स्थानीयले भूकम्प र खडेरीका कारण भोकमरीको सामना गर्नुपर्ने अवस्था छ ।

यो वर्ष समयमै पानी नपर्दा खाद्यान्नको भाउसमेत आकाशिएकाले गरिब परिवारलाई भोकमरी टार्न निकै समस्या हुने स्थानीयवासी बताउँछन् । यो वर्ष हिउँदे वर्षा नहुँदा कृषि क्षेत्रमा असर पुगेको भए पनि हिउँदे वर्षाले केही राहत भएको जिल्ला कृषि ज्ञान केन्द्र सिलगढीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्