गोदावरी नगरपालिका –९ बल्मीबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका–६ बस्ने २४ वर्षीय जयकिशन चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार जाँच गर्नेक्रममा सो पदार्थसहित फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका –५ बिजैरा बस्ने ३२ वर्षीय ओकेन्द्र चौधरी र सोही नगरपालिका –६ भुइँयारा बस्ने ३१ वर्षीय विष्णु चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ८ सय ३० मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले ओकेन्द्रलाई उनकै घर अगाडिबाट करिब २ सय ६० मिलिग्राम र विष्णुलाई आफ्नै घरमा लुकाई छिपाई राखेको १ ग्राम ५ सय ७० मिलिग्राम उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरीको भनाइ छ ।