०६ असार २०८३, शनिबार

अख्तियारका नयाँ प्रवक्ताः नाम निकालेरै मुखियादेखि सहसचिव

फागुन १७, २०७९
अख्तियारका नयाँ प्रवक्ताः नाम निकालेरै मुखियादेखि सहसचिव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा भोला दाहाल नियुक्त भएका छन्।

यसअघिका प्रवक्ता श्यामप्रसाद भण्डारीको सरुवा भएपछि आयोगमा कार्यरत सहसचिव दाहाललाई प्रवक्ता बनाइएको हो।

मुखियादेखि सहसचिवसम्म 

आयोगका प्रवक्ता दाहाल मुखियादेखि नै सार्वजनिक सेवामा प्रवेश गरेका कर्मचारी हुन्। उनी मुखिया, खरिदार, नायब सुब्बा, शाखा अधिकृत, उपसचिव, हुँदै सहसचिवसम्म लोक सेवा आयोगमा जाँच दिएर उत्तीर्ण भएका कर्मचारी हुन्।

२०५४ साल पुस २३ गते मुखियामा नाम निकालेका उनले २०५९ सालमा खरिदारमा नाम निकालेका थिए।

पछि २०६० सालमा नायब सुब्बामा नाम निकाल्न सफल उनले २०६७ सालमा शाखा अधिकृतमा नाम निकालेका थिए। २०७४ सालमा उपसचिवमा नाम निकालेका उनी २०७८ कार्तिक २२ गते खुला प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। 

सहसचिवमा नाम निकालेपछि १ महिनाजति उनले राष्ट्रिय आदिवासी जनजाति आयोगको सचिवका रूपमा काम गरेका थिए। त्यहाँ सहसचिवले नै सचिवको रूपमा काम गर्छन्।

२०७८ पुस १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका उनले ९ महिनाजति सुर्खेतमा आयोगको कर्णाली प्रदेशको रूपमा काम गरिसकेका छन्।

५ महिनाअघि नै आयोगको कार्यालयमा फर्किएका दाहाल आयोगको अन्य शाखामा काम गर्दै आएका थिए।

अहिले भने उनलाई आयोगको प्रवक्ताको जिम्मेवारी दिइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्