१३ असार २०८३, शनिबार

एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्री, १५ महिना वारेन्टी

फागुन १७, २०७९
एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्री, १५ महिना वारेन्टी

सिप्रदी ट्रेडिङ प्रालिले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नँया ई–रिक्सा ब्याट्रीको नेपाली बजारमा बिक्री वितरण शुरू गरेको छ ।

एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी भएको ब्याट्री भएको दाबी गरिएको छ। 

विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीहरू फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकाले सीधा जडान गर्न सकिने छ ।

साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरू छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्छन् ।

यसैगरी, यिनीहरूमा 'रगेड ट्युबलर पोजिटिभ प्लेट' को विशेषता भएकाले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्दछ ।

आफ्नो उत्कृष्ट रसायनिक एवं अन्य गुणहरूको कारण यो नयाँ उत्पादनले छोटो समयमै ग्राहकहरूको मन जित्नेमा सिप्रदीले विश्वास लिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्