०८ साउन २०८३, शुक्रबार

५६ अमेरिकी नागरिकबाट पौने ६४ करोड रुपैयाँ ठगी

फागुन १७, २०७९
५६ अमेरिकी नागरिकबाट पौने ६४ करोड रुपैयाँ ठगी

ठूलो रकम भित्र्याएको अभियोगमा पक्राउ परेका पृथ्वीबहादुर शाहले भारतको बेंग्लोरबाट ६३ करोड ९१ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

आज केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पत्रकार गरेर शाहले ५६ अमेरिकी नागरिकको पैसा ठगी गरेको जनाएको हो ।

सीआईबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाका अनुसार उनले भारतको बेंगलोरबाट अमेरिकामा रहेका नागरिकहरूको कम्प्युटर र ल्यापटपको समस्या समाधान गरिदिने भन्दै बैंक खातामा अनधिकृत पहुँच पुर्‍याएर ठगी गरेको खुलेको हो ।

उनले ५६ जनाबाट ४५ लाख ४६ हजार ६३९ अमेरिकी डलर, ३ लाख ४० हजार क्यानडियन डलर र २२ हजार पाउण्ड स्टर्लिङ ठगी गरेका थिए । उनले ठगी गरेर नेपाल ल्याएको पैसामध्ये ३८ करोड ६८ लाख ६२ हजारबाट रुपैयाँको जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सुन खरिद, कम्पनी दर्ता र बीमाको प्रिमियम तिरेको देखिएको छ ।

बैंकमा रहेको उनको १५ लाख ६० हजार ५७७ डलर र अन्य वित्तीय संस्था र बैंकमा रहेका नेपाली १ करोड २८ लाख ९३ हजार रुपैयाँ होल्ड गरेर राखेको सीआईबीले जनाएको छ ।

उनीविरुद्ध २४ जना अमेरिकी नागरिकले दूतावासमार्फत सीआईबीमा उजुरी दिएका छन्। 

उनी पक्राउ पर्नुभन्दा पहिलो १४ जनाले र हिजो (मंगलवार) थप १० जनाले उजुरी दिएका हुन ।

सीआईबीले उनको अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालय पठाइसकेको छ । प्रहरीले पीडितको पैसा फिर्ता पाउनुपर्ने दाबीसहित अनुसन्धान गरेको प्रतिवेदन पेस गरेको प्रवक्ता थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्