०९ साउन २०८३, शनिबार

शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता तथा इन्जिनीयर साहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

फागुन १७, २०७९
शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता तथा इन्जिनीयर साहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता र इन्जिनीयर रामचन्द्र साहविरुद्ध  भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनीयर रामचन्द्र साहविरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार साहलाई २०७९ माघ ३ गते आयोगको टोलीले सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

नगर प्रमुख गुप्ता र इन्जिनीयर साहबीचको आपसी योजना तथा मिलोमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्