२३ असार २०८३, मंगलबार

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त गर्ने एन्फाको निर्णय

फागुन १७, २०७९
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त गर्ने एन्फाको निर्णय

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालेली प्रशिक्षक भेन रेञ्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आज बसेका बैठकले एनेसलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामापछि रिक्त रहेको प्रशिक्षक पदमा एनेसलाई नियुक्त गरिएको हो । नवनियुक्त प्रशिक्षक एनेस यसअघि बेलिजको राष्ट्रिय फुटबल टोलिको प्रशिक्षक थिए । 

यसअघि नेपालले घरेलु मैदानमा आयोजना भएको बङ्गलादेश र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलका लागि क्रमशः प्रदीप हुमागाईं र सहिद स्मारक ए डिभिजन लिगको साविकको विजेता मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई कार्यवाहक प्रशिक्षणको जिम्मेवारी दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्