१४ असार २०८३, आइतबार

संगठनको लक्ष्यअनुरुप काम गर्न निर्देशन

फागुन १८, २०७९
संगठनको लक्ष्यअनुरुप काम गर्न निर्देशन

निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको लक्ष्य र उद्देश्यअनुरुप कार्य गर्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपालका बाहिनी, राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा शिक्षालयहरुमा प्रमुखको रुपमा जिम्मेवारी पाएका सशस्त्र प्रहरी नायव महानिरीक्षक र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई     सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बुधबार आयोजित कार्यक्रममा सो निर्देशन दिएका हुन् ।

नेतृत्वमा रहँदा आफु मातहतका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीलाई जिम्मेवारीबोधका साथ काम गर्न प्रेरित गर्न सुझाव दिए । संगठनको लक्ष्य, उद्देश्य र योजनामा रहेर उच्चस्तरको जिम्मेवारीबोधका साथ काम गर्न उनले निर्देशन दिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।

अतिरिक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका इकाईहरुको आधारभूत आवश्यकताको व्यवस्थापनलाई तीब्रता दिँदै बडी मास इन्डेक्स (बीएमआई) का आधारमा स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधि, २०७९ अनुसारको मापदण्ड प्राथमिकताकासाथ लागू गर्नुपर्ने बताए । 

सीमामा हुने अवैध गतिविधि, चोरी तस्करी निकासी नियन्त्रण गर्न गम्भीर भएर लाग्न र आर्थिक पारदर्शीतामा शुन्य सहनशिलताको नीति अवलम्वन गर्न पनि निर्देश गरे ।    उहाँले अन्य सरोकारवाला निकाय र सुरक्षा नियकासँगको समन्वय, सहकार्य र सहयोगमा काम गर्नुपर्ने बताउँदै भेटघाट आचारसंहिताको समेत पूर्णपालना गरी जनगुनासो नआउनेगरी काम गर्न निर्देशन दिए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरणका लागि समुदायमा आधारित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आफ्नो क्षेत्राधिकार भित्रको संवेदनशिलता र विपद्सँग सम्बन्धित योजना बनाउँदै अघि बढ्नुपर्ने बताए ।  

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा क्षेत्रका हरेक गतिविधिहरुलाई उच्च सतर्कता र चनाखो भई समकक्षीहरुसँग समन्वय र सहकार्यमा सीमा सुरक्षा व्यवस्थापन, चोरी तस्करी नियन्त्रण लगायतका कामहरु त्रुटिरहित ढंगबाट गर्न मातहतका प्रहरीलाई निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्