
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २८ वर्षीया रूवि खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धराबाट बुधबार पक्राउ गरेको हो ।
खतिवडाले प्रभु वैंक लिमिटेड काठमाडौं बबरमहल शाखामा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको मुद्दामा अदालतले सो फैसला गरेको थियो ।
फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय काठमाडौं सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।