
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईविरुद्ध नेपालले पहिलो ओभरमै विकेट हात पारेको छ ।
करण केसीले यूएईका ओपनर मोहम्मद वासिमलाई आफ्नो पाँचौं बलमा बोल्ड गरेका हुन् ।
पहिलो ओभरको समाप्तिमा यूएईले १ विकेट गुमाएर कुनै रन जोडेको छैन ।
नेपाल र यूएई दुवैलाई बाँकी ७ मध्ये ६ खेलमा जीत अनिवार्य छ ।
नेपालले टस जितेर पहिले बलिङ गरिरहेको हो ।