३० जेठ २०८३, शनिबार

यू१९ विश्वकप छनोट : कप्तान देव खनालद्वारा दबाबको स्थितिमा अर्धशतक प्रहार

फागुन १८, २०७९
यू१९ विश्वकप छनोट : कप्तान देव खनालद्वारा दबाबको स्थितिमा अर्धशतक प्रहार

यू१९ राष्ट्रिय टोलीका कप्तान देव खनालले यूएईविरुद्धको  महत्त्वपूर्ण खेलमा अर्धशतक पूरा गरेका छन् ।

लगातार विकेट गएर टीम दबाबमा रहेका बेला खनालले ७५ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतले ५० रन पूरा गरेका हुन् । 

यो समाचार तयार पार्दासम्म नेपाली युवा टोलीले २७ ओभरमा ४ विकेट गुमाएर ११४ रन जोडेको छ । 

उत्तम थापा मगर ३६, आकाश त्रिपाठी ९, अर्जुन कुमाल ३ र दीपक बोहरा रनको खाता नखोली आउट भएका छन् ।

यो खेल जित्ने टोली यू१९ विश्वकपका लागि छनोट हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्