
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि ८ दल पक्षधर सांसदको अभिमुखीकरण कार्यक्रम शुरू भएको छ ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका विभिन्न ८ दलका राष्ट्रियसभा र प्रतिनिधिसभा सांसदका लागि अभिमुखीकरण कार्यक्रम शुरू भएको हो ।
राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रले कार्यक्रम गरेको हो । कार्यक्रममा सांसदहरूलाई आफ्नो पक्षका उम्मेदवार पौडेललाई जिताउन जिताउन माहोल बनाउने, भोट हाल्ने सहितका प्रक्रियाबारे जानकारी दिने तयारी छ ।
८ दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।
पौडेलसँग एमालेका सुवासचन्द्र नेम्वाङले प्रतिस्पर्धा गर्दैछन् । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभा सांसद मतदाता हुन्छन् ।