२८ जेठ २०८३, बिहीबार

राष्ट्रपतिमा नेम्वाङलाई भोट माग्न पुगेका एमाले नेतालाई रविले के भने ?

फागुन १८, २०७९
राष्ट्रपतिमा नेम्वाङलाई भोट माग्न पुगेका एमाले नेतालाई रविले के भने ?

राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङसहितका नेताहरूले रास्वपा सभापति रवि लामिछाने लगायत नेताहरूसँग भेटेर मत मागेका छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा मत माग्न एमाले नेताहरू रविलाई भेट्न पुगेका हुन् ।

भेटपछि एमाले सचिव योगेश भट्टराईले सकारात्मक जवाफ पाएको प्रतिक्रिया दिए ।

'उहाँ (रवि लामिछाने)ले पार्टीको आन्तरिक छलफलबाट निर्णय गर्छु भन्नुभएको छ । उहाँको भनाइ र बडी ल्याङ्ग्वेजबाट हामी यो बुझ्छौं कि राष्ट्रपतिमा रास्वपाको मत हामीलाई आउँछ,’ भट्टराईले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेको र आफूहरूले पार्टीको आन्तरिक छलफलपछि निर्णय लिने जानकारी गराएको बताए ।

उनले भने, ‘पार्टीले निर्णय गर्न बाँकी छ भनेका छौं । उहाँ (सुवास नेम्वाङ) एउटा उपयुक्त पात्र हो, यसमा कुनै शंका छैन । निर्णय आज नै गर्न सकिँदैन । केन्द्रीय समिति र संसदीय दलको बैठकमा राख्छौं र त्यहाँ निर्णय हुन्छ ।'

ढकालले एमालेलाई राष्ट्रपति दिने भनी पुस १० मा भएको सहमतिअनुसार जाने संकेत गरे ।

'पुस १० को सहमतिको हामी साक्षात छौं, त्यसलाई पनि हामीले मध्यनजर गरेका छौं,' ढकालले भने ।

salt training

कमेन्ट गर्नुहोस्